दफा १३
मूल ऐनको दफा १८ मा संशोधन
मूल ऐनको दफा १८ को,–
(१) ठाउँ ठाउँमा रहेका “तहकिकात” भन्ने शब्दको सट्टा “अनुसन्धान” भन्ने शब्द
राखिएको छ ।
(२) प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क) मा रहेका “शव परीक्षाको प्रतिवेदन
(पोष्टमार्टम रिपोर्ट)” भन्ने शव्दहरुको सट्टा “शव परीक्षण प्रतिवेदन (अटप्सी
रिपोर्ट)” भन्ने शब्दहरु राखिएका छन् ।
(३) प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएको
छ :–
“(ख) सम्बन्धित व्यक्ति अदालतमा उपस्थित भई बकपत्र गरी सकेको नभए
तापनि थुनछेक प्रयोजनको लागि कानून बमोजिम अधिकारप्राप्त
अधिकारीले संकलन गरेका कागजात, लिखत, मुचुल्का, दशी प्रमाण,
कुनै विषयको परीक्षण प्रतिवेदन, विशेषज्ञको राय वा प्रतिवेदन, विद्युतिय
प्रमाण वा बयान आदि तत्काल प्राप्त प्रमाणको रुपमा प्रमाणमा लिन
हुन्छ ।”